Ambassador of Nepal to the United Kingdom Dr. Suresh Chandra Chalise presented his Letters of Credence to Her Majesty the Queen Elizabeth II at the Buckingham Palace amidst a grand ceremony today.
The Ambassador was accompanied by his wife Dr. Milan Adhikary, Deputy Chief of Mission Mr. Jhabindra Aryal, Military Attaché Col. Gyanendra Jung Rayamajhi, Attachés Mr. Ganesh P. Adhikari and Khimanand Bhusal during the ceremony. The Embassy Officials were received in audience by Her Majesty the Queen after the presentation of Credentials by the Ambassador. Dr. Adhikary- wife of the Ambassador, was granted audience separately at the end of programme. Ambassador had presented each of the embassy officials and his spouse before Her Majesty the queen. Present on the occasion were Permanent Under Secretary of Foreign and Commonwealth Office, Marshal of the Diplomatic Corps Mr. Charles Gray CMG and other Royal and Foreign Office officials.
During the audience, the ambassador conveyed the best wishes of the President of Nepal to Her Majesty for her good health and long life and briefly shared views on the excellent bilateral relations. Ambassador Chalise also brought to the kind knowledge of Her Majesty about the commending support of the British Government to Nepal's on going peace process and socio-economic development. Besides, he expressed that the people of Nepal had been eagerly awaiting to welcome Her Majesty's Prime Minister in Nepal since 1816!
The ceremony was started from the Embassy of Nepal at 12A Kensington Palace Gardens all the way through the Buckingham Palace by special State Carriages (horse-driven carts escorting by the Marshal of the Royal Protocol) and returned to the Embassy in the same manner on completion of credential ceremony.
Later in the evening, the Ambassador and his spouse hosted a reception at the embassy which was attended by the Marshal at the Court of St. James's, heads of diplomatic missions based in London, Honourable Members of British Parliament, Worshipful Mayors, District Chairman and their spouses, British organizations associated in helping Nepal and the officials of Royal protocol, Foreign and Commonwealth Office, DFID as well as Defense Ministry, representatives of Nepali organizations in the UK, media representatives, and other friends of Nepal.
Ambassador Dr Suresh Chandra Chalise addressed the gathering in order of sharing about his experience of audience with Her Majesty the queen. The Marshal of the Royal Protocol also spoke on the occasion hailing outstanding relations between Nepal and the UK.
Embassy of Nepal
London
19 May 2010
24/04/2010
लोकतन्त्र दिवस
यही वैशाख ११ २०६७ अर्थात २४ अप्रिल २०१० का दिन यस दूतावासमा
दिपावली गर्दै एक स्वागत समारोहको आयोजना गरी लोकतन्त्र दिवस भब्यताकासाथ
मनाइयो ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै कार्यवाहक राजदूत श्री
झविन्द्र प्रसाद अर्यालले लोकतन्त्र दिवसको महत्ववारे प्रकाश पार्नु भएको
थियो । शान्ति प्रक्रियाको तार्किक निष्कर्ष पुर् याई समयमा संविधान लेखन
कार्य सम्पन्न गरी नेपाली जनताका मूलभूत चाहना लोकतन्त्र स्थापनाका वेला
जस्तै सवै क्षेत्रको आपसी समझदारी सहयोग र ऐक्यवद्धता अहिले अझैं आवश्यक
रहेको विचार श्री अर्यालले व्यक्त गर्नुभयो । साथै उहाँले आजको दिनले सवै
राजनीतिक नेतृत्ववर्ग नागरिक समाज र वुद्धिजीवी वर्गलाई यस तर्फ अग्रसर
गराओस भन्ने कामना पनि गर्नु भयो । यस कार्यक्रममा अन्य विभिन्न विशिष्ट
वक्ताहरुले लोकतन्त्र दिवसको बारेमा आ-आफ्नो मन्तब्य राख्नु भएको थियो ।
नेपालको राष्ट्रिय धुन वजाई शुरु गरिएको कार्यक्रममा एक मिनट मौन
धारण गरी लोकतन्त्र प्राप्तिको क्रममा जीवन वलिदान गर्ने ज्ञात अज्ञात
शहिदहरु प्रति श्रद्धान्जली व्यक्त गरिएको थियो । उक्त कार्यक्रमको संचालन
राजदूतावासका सहचारी खिमानन्द भुसालले गर्नु भएको थियो ।
नेपाली राजदूतावास
लण्डन
वैशाख ११ २०६७
अप्रिल २४ २०१०
21/03/2010
कोईरालाप्रति समवेदना
भूतपूर्व राष्ट्रप्रमुख तथा प्रधानमन्त्री श्री गिरिजा प्रसाद कोईरालाको
मिति २०६६ साल चैत्र ७ गते दुःखद निधन भएको समाचारले नेपाली राजदूतावास
परिवार एवं संयुक्त अधिराज्य, नर्वे, आयरल्याण्ड, आईसल्याण्ड र माल्टामा
रहेका संपूर्ण नेपाली दाजुभाइ तथा दिदी वहिनीहरुमा अत्यन्त शोक मग्नता एवं
स्तव्धता छाएकोछ । यस राष्ट्रिय शोककॊ घडीमा शोक सन्तप्त परिवारजनप्रति
गहिरो समवेदना प्रकट गर्दै वहाँहरुमा परमात्माले दुःख सहन एवं धैर्यधारण
गर्न सक्ने सामर्थय प्रदान गरुन् भन्ने हामी कामना गर्दै दिवंगत आत्माको
चीर शान्तिको लागि परमेश्वरसंग प्रार्थना गर्दछौं ।
प्रजातन्त्र मानव अधिकार तथा उदार अर्थतन्त्रको पक्षमा अथक योद्धाको रुपमा
परिचित स्वर्गीय कोईराला आफ्नो ६ दशक लामो राजनीतिक जीवनमा अनेकौं पटक
कारागार तथा निर्वासन काल विताउनु भएको थियो । साथै, वहाँले चारपटकसम्म
प्रधानमन्त्री र नेपालको राजनीतिक संक्रमणकालमा राष्ट्राध्यक्ष समेतको
भूमिका निर्वाह गर्नुभएको थियो ।
नेपाल सरकारको निर्णयानुसार स्वर्गीय कोईरालाको दुःखद निधनमा चैत्र ८,
२०६६ लाई राष्ट्रिय शोक दिवसको रुपमा मनाउने घोषणा गरेअनुसार सो दिन यस
दूतावासले शोक मनाएको छ । साथै शोक मनाउने क्रममा मिति २०६६ साल चैत्र ८
देखि १० गतेसम्म ३ दिन राजदूतावासमा राष्ट्रिय झण्डा आधा झुकाईनेछ ।
स्वर्गीय कोईरालाप्रति समवेदना प्रकट गर्न यस राजदूतावासमा यही
चैत्र १४ (तदनुसार मार्च २७ २०१०) गते शनिवार अपरान्ह २ देखि ४ वजेसम्म
शोक सभाको आयोजना गरिने भएकोछ । उक्त शोकसभामा समवेदना एवं श्रद्धान्जली
व्यक्त गर्न ईच्छुक संपूर्ण नेपालीहरुका लागि व्यवस्था गरिएकोछ ।
साथै यस राजदूतावासवाट नेपालको प्रतिनिधित्व हुने संयुक्त अधिराज्य,
नर्वे, आयरल्याण्ड, आइसल्याण्ड र माल्टा सरकार एवं बेलायतमा रहेका संपूर्ण
कूटनैतिक नियोगहरु तथा अन्तर्राष्ट्रिय संघसंस्थाका लागि यस राजदूतावासमा
समवेदना पुस्तिका हस्ताक्षरका लागि खुला राखिएको व्यहारो अवगत गराईएकोछ ।
नेपाली राजदूतावास लण्डन । चैत्र ८, २०६६ (तदनुसार मार्च २१ २०१०)
22/02/2010
Machine Readable Passport
अन्तर्राष्ट्रिय् नागरिक उड्डयन संगठन (ICAO) को प्रावधान अनुसार हालसम्म Machine Readable Passport (MRP) जारी नगरिसकेका सवै सदस्य राष्ट्रहरुले आगामी ०१ अप्रिल २०१० (१९ चैत्र २०६६) देखि मेशिनद्वारा विवरण पढ्ने तथा बाहकको बैयक्तिक विवरण भण्डारण गर्न सकिने राहादानी MRP जारी गर्नको लागि आवश्यक तयारीहरु परराष्ट्र मन्त्रालयबाट भैरहेकोछ ।
०१ अप्रिल २०१० देखि जारी गरिने MRP तथा हाल जारी गिरंदै आएका हस्तलिखित राहादानीका सम्बन्धमा देहायबमोजिमका बुँदाहरु सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको छः
हाल जारी गरिदैं आएका हस्तलिखित राहादानीहरु (पासपोर्ट) अव ३१ मार्च २०१०
सम्म मात्र जारी गरिने छ ।
हाल जारी भैसकेका वा ३१ मार्च २०१० सम्म जारी गरिने हस्तलिखित राहादानीहरु लिई मिति २४ नोभेम्वर २०१५ सम्म मात्र विदेश भ्रमण गर्न सकिने छ ।
मिति २४ नोभेम्वर २०१५ पछि विदेश भ्रमण गर्नेहरुले भने अनिवार्य रुपमा MRP लिनु पर्ने भएकाले सम्बन्धित सबैले आ-आफ्नो अनुकूल समयमा सो मिति अगावै MRP लिनु पर्नेछ ।
०१ अप्रिल २०१० देखि नै MRP जारी गर्नेतर्फ आवश्यक कारवाहीहरु हुँदाहुँदै पनि यो प्रक्रिया जटिल भै ICAO को प्रावधान अनुसार केन्द्रीकृत गरी सुरक्षित स्थानबाट मात्र जारी गर्नुपर्ने भएकोले MRP साधारण राहादानी जस्तो तुरुन्त जारी गर्न नसकिने र हाल जारी भएसरह प्रत्येक जिल्ला तथा विदेशस्थित नियोगहरुबाट जारी गर्न नसकिने भै केन्द्रीय राहादानी कार्यालय परराष्ट्र मन्त्रालयबाट मात्र जारी गर्ने व्यवस्था हुनेछ
MRP लिनका लागि आवेदकले निवेदन प्रस्तुत गरेको दिनबाट ८ देखि १० हप्तासम्म लाग्नसक्ने हुन्छ ।
मिति ०१ अप्रिल २०१० देखि जारी हुने MRP को दस्तुर तथा २४ नोभेम्वर २०१५ पछि सम्मको बहाली म्याद भएका हस्तलिखित राहादानी बाहकहरुले राहादानीलाई MRP मा बदल्दा लाग्ने दस्तुरका बारेमा पछि नेपाल सरकारले गर्ने व्यवस्था यथासमयमा सवैलाई जानकारी गराइनेछ
नोटः यो सूचना नेपाल सरकार परराष्ट्र मन्त्रालय केन्द्रीय राहादानी कार्यालयको मिति २०६६।११।१० को पत्रबाट प्राप्त भएको ।